Connect with us

समसामयिक

पीएम कपमा किरण ठगुन्नाको शतक, सुदूरपश्चिमसहित आर्मी र पुलिस विजयी

Published

on

जारी पीएम कपमा आज सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । 

देउखुरी क्रिकेट स्टेडियममा समपन्न खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले १२१ रनको शतकीय पारी खेलेका थिए । गण्डकीले दिएको २२१ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ठगुन्नाको १२१ रनको सहयोगमा ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ठगुन्नाले १०१ बल खेल्दै ९ चौका र ६ छक्का प्रहार गरेका थिए । 

त्यस्तै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको छ । नेपाल पुलिसले दिएको २५० रनको लक्ष्य पछाएको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो । 

त्यस्तै सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १३४ रनले पराजित गरेको छ ।  आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको बागमतीले २७ ओभरमा अलआउट हुदै १२८ रन मात्र बनाएको थियो । 

अब मंगलबार कोशी प्रदेश र मधेश प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुँदैछन् ।         


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.