Connect with us

अर्थ

कोरला नाकाः सात अर्ब ३६ करोडको आयात र आठ करोड ३८ लाखको निर्यात

Published

on

उपल्लो मुस्ताङको कोरला नाकाबाट हुँदै तीन महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडभन्दा बढि मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । लोमान्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयल हुँदै कात्तिक ३० सम्म सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रूपियाँको सामान आयात गरिएको हो ।

गत भदौ महिनाको ३० गतेदेखि व्यवसायिक रूपमा नाका सञ्चालनमा आएपछि नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुँदै लिजी–नेचुङ ९कोरला०बाट सबैभन्दा धेरै आयात हुनेमा एक हजार सात सय २६ वटा विद्युतीय (ईभी) गाडी रहेको छ ।

पैठारीतर्फ ८९७ मालवाहक, कन्टेनर जाँचपाससँगै तीन अर्ब ६२ करोड ६९ लाख ३१ हजार २४ रुपियाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताए । प्रमुख खड्का भन्छन्, ‘‘भन्सार र नाकामा चहलपहल छ, चिसो बढेपनि चिनियाँ भन्सारबाट सामानहरू आउने क्रम रोकिएको छैन ।’’ चीनबाट आयात मात्रै नभएर निर्यातमा पनि भइरहेको छ ।

नेपालमा उत्पादन हुने हस्तकला, कपडा लगायतका सामान ५४ ट्रकमार्फत करिब आठ करोड ३८ लाख ६३ हजार रुपियाँको बस्तु तथा समान निर्यात गरिएको भन्सार प्रमुख खड्काको भनाइ छ । आयातको तुलनामा निर्यात निकै कम भएकाले तिब्वती बजार क्षेत्रमा आवश्यक पर्ने बस्तु तथा सामान उत्पादन गरी बजारीकरण गर्नुपर्ने भन्सार प्रमुख खड्काले बताए ।

भन्सार कार्यालय, कोरला नाकाको तापक्रम माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको अवस्थामा नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडकमा जमेको हिउँ पन्छाउँदै सामान ढुवानी गर्ने गरिएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट आयात गरिएका विद्युतीय सवारीसाधनसहित अन्य सामान कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैैजान दुई सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ ।

सन् १९६० को दशकमा तिब्बत चीनमा गाभिएपछि तिब्बतका खम्पाहरूले नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि नाका रोकिएको थियो । वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका गएको भदौ महिनाको ३० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको थियो । यो नाका नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो र सहज बनाउन कालीगण्डी करिडोर निर्माण भएको छ ।
हरिकृष्ण शर्मा गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.