Connect with us

समसामयिक

विदेशमा रहेकी छोरीलाई सामान पुर्‍याउन हिँडेका कुमाल कालीगण्डकीमा हाम्फाले

Published

on

कालिगण्डकी नदीमा हाम्फालेका एक व्यक्ति अझै भेटिएका छैनन्।

आइतबार अपराह्न पाल्पा रामपुर नगरपालिका-१० कुमार टोलका ५८ वर्षीय मेघनाथ कुमाल कालिगण्डकी नदीमा हाम्फालेका थिए।

प्रहरीका अनुसार स्याङ्जा चापाकोट-१ तेउनास हिँडेका उनी उक्त स्थानमा नपुगी कालिगण्डकी नदीमा हाम्फालेर बेपत्ता भएका थिए।

तेउनासस्थित किनारबाट नदीमा हाम्फालेपछि श्रीमतीले देखेकी थिइन्। बाख्रा चराउँदै गरेकी श्रीमतीले नदीमा हाम्फालेको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकी छोरीलाई सामान पठाउन उनी घरबाट हिँडेका थिए।

इलाका प्रहरी कार्यालय स्याङ्जाको टोलीले कुमालको खोजी गरिरहेको भए पनि अहिलेसम्म नभेटिएको तिवारीले बताए।

‘के कारण उनी नदीमा हाम्फाले भन्ने खुलेको छैन, घरमा विवाद भएको भन्ने बुझिएको छैन,’ तिवारीले भने।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.