Connect with us

समसामयिक

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

Published

on

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध भएको हो। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक अवरुद्ध भएको हो। बिहिबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए।

अवरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए। सडक  अवरुद्ध हुँदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौं हिँडेका र राजधानीबाट ती जिल्ला जाँदै गरेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.