Connect with us

समसामयिक

कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित

Published

on

जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।

मधेश प्रदेशले दिएको २८५ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो ।

कोशी प्रदेशको ब्याटिंग लाइनलाई ध्वस्त गर्नेक्रममा मधेशका रुपेश सिंहले ५ विकेट लिएका थिए भने राजेश यादवले ३ विकेट लिएका छन् ।

यसअघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउदै २८४ रन बनाएको थियो ।

मधेशका लागि पवन सराफले सर्बाधिक ९२ रन बनाए भने कप्तान अनिल शाहले ७५ एन बनाए भने दिपेश दासले ५६ रन बनाएका थिए ।

यो जितपछि मधेश प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने कोशी प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.