Connect with us

राजनीति

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

Published

on

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मङ्गलबार मधेश प्रदेश सभामा विश्वासको मत लिँदैछन् । । मधेश प्रदेश सभा जनकपुरधामद्वारा जारी पत्रानुसार संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४०) बमोजिम हिजो विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको थियो ।

मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाई दिन पत्राचार गरेका थिए । प्रदेश सभाले गत शनिबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयको सूचनामा प्रकाशित गरेको छ ।

यसअघि मुख्यमन्त्री सिंहको सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी आवद्ध थियो । तर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए । तर आन्दोलन मथ्थर भएसँगै उनको पार्टी जनमतले पदबाट राजीनामा दिएर फिर्ता बोलाउँदा नगएपछि एमाले, कांग्रेस र लोसपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

कांग्रेसले मुख्यमन्त्रीकै पार्टीले उनलाई साथ नदिएपछि आफूहरुले पनि समर्थन फिर्ता लिएको जनाएका थियो भने एमालेले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन आग्रह गर्दा नमानेपछि समर्थन एमालेले फिर्ता लिएको थियो । मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरेको छ।

मधेश प्रदेश सभामा १० दलका १०७ जना प्रदेश सभासदस्यहरु छन् । जसमध्ये एमाले २५, कांग्रेस २२, जनता समाजवादी पार्टी नेपाल १९, जनमतको १३, लोसपा र नेकपा एकिृत समाजवादी पार्टीका नौ-नौ जना सदस्य छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मिुक्ति र राष्ट्रि प्रजातन्त्र पार्टीका एक-एक जना सदस्य छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.