Connect with us

अन्तर्राष्ट्रिय

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारतमा, आज मोदीलाई भेट्दै

Published

on

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा भारत पुगेका छन् ।

सोमबार प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । यसअघि आइतबार राति माल्दिभ्सका राष्ट्रपति  मुइज्जुले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

यस बैठकको बारेमा एस. जयशंकरले भारत भ्रमणको सुरुमा राष्ट्रपति मुइज्जुसँग भेट्न पाउँदा खुसी लागेको बताउदै दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन राष्ट्रपति  मुइज्जुको प्रयासको प्रशंसा गरेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच हुने भेटलाई उद्धृत गर्दै एस जयशंकरले आफ्नो एकसमा लेखेका छन्, ‘म विश्वस्त छु कि प्रधानमन्त्रीसँग माल्दिभ्सका राष्ट्रपतिको भेटले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।’

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.