Connect with us

राजनीति

संघीय संसदका तीन वटा समितिका बैठक बस्ने

Published

on

संघीय संसद अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक अपरान्ह १२ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल गरिनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा जलस्रोत  विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.