Connect with us

समसामयिक

संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

Published

on

संघीय संसदको ६ वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा हुनेछन् ।  

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.ब् २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाइ संसोधन गर्न बनेको बिधेयकको सबन्धमा बन तथा बातावरण मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ । बिहान ११ः३० बजे बस्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल हुदैँछ । सो बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

पूर्वाधार विकास समितिको बैठकको अजेन्डामा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुने गरी तय गरिएको छ । बिहान ११ः०० बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । जुन बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्‍य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ । जुन बैठक बिहान ११ः३० बजे बस्नेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.