Connect with us

अर्थ

मिड सोलु हाइड्रोपावरको नाफा ७ करोड बढी

Published

on

मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ७ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले उक्त अवधी सम्ममा ७ करोड  २३ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत वर्षको यसैअवधिको तुलनामा २२५.१४ प्रतिशत धेरै हो । गत वर्ष यसले २ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यसको विद्यतु बिक्रीबाट हुने आम्दानी १४ करोड ३२ लाख रुपैयाँबाट बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार देखिएको हो । यता, कम्पनीको वित्तीय खर्च पनि ७ करोड ५६ लाख रुपैयाँबाट ५ करोड ९ लाखमा झरेको छ । 

चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोषमा ९ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँ (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११२.१८ रुपैयाँ छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.