Connect with us

समसामयिक

आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा

Published

on

गत आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा भेटिएको छ । शंखरापुर नगरपालिका– ५ घर भई काठमाडौं शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार मृत अवस्थामा फेला परेकी हुन् । 

उनी पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत थिइन् । आइतबारदेखि हराएकोमा उनका बुबाले बानेश्वर वृत्तमा खोजतलासका लागि निवेदन दिएका थिए । 

बिहीबार बेलुका स्थानीयले तिलगंगाछेउको जंगलमा मृत भेटे पछि पशुपति विकास कोषका सुरक्षागार्डलाई खबर गरेका थिए । गार्डले प्रहरीलाई जानकारी गराएको हो । 

घटनास्थलबाट सुसाइड नोट र विषको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । गौशाला वृत्तबाट घटनाको अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.