Connect with us

अर्थ

नेपाल टेलिकमको साधारण सभा पर्सी पुस २८ मा

Published

on

 नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बस्ने भएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् । 

साधारण सभाले लाभांशका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.