Connect with us

समसामयिक

अरनिको राजमार्गमा पनि आजदेखि असोज २० गतेसम्म रातको समय सवारी चलाउन रोक

Published

on

जल तथा मौसम विज्ञान विभागले यहि असोज १७ देखि २० गतेसम्म देशका धेरै भूभागमा भारी देखि अति भारीसम्म बर्षा हुन सक्ने बुलेटिन प्रकाशित गरेपछि सिन्धुपाल्चोक जिल्लामा उक्त अवधिमा रातको समय सवारी चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाढी, पहिरो, डुवान, चट्याङ लगायतको उच्च जोखिम भएकोले पूर्वतयारी तथा प्रतिकार्यको लागि आज असोज १७ गते रातिदेखि २० गतेसम्म अरनिको राजमार्गलगायत जिल्ला भित्रका सबै मूख्य र सहायक राजमार्गहरुमा साँझ ७ बजेबाट विहान ५ बजेसम्म सबै प्रकारका सवारी (दमकल एम्बुलेन्स जस्ता अत्यावश्यक बाहेक) साधन संचालनमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

उक्त अवधिभर वर्षाको मात्रा, क्षति र अन्य जोखिमको अवस्था विश्लेषण गरी सुरक्षा निकायले अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जनाएको छ । बैठकले नदी किनारा र अत्यन्त जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरुलाई सुरक्षित स्थानमा अस्थायी रुपमा सार्ने व्यवस्थाको लागि नजिकको सुरक्षा युनिटहरुले स्थानीय तह र अन्य सरोकारवालाहरु सँग समन्वय गर्न निर्देशन दिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.