Connect with us

अन्तर्राष्ट्रिय

ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !

Published

on

 ओस्कार अवार्ड विजेता अभिनेत्री मिसेल योहले बच्चा जन्माउन नसक्दा आफू ‘असफल’ भएको अनुभव गरेको बताएकी छन् । उनले आफूले जहिल्यै पनि परिवार चाहेको र व्यापारी सर डिक्सन पोनसँग सन्तान र आउँदो पुस्ताको विषयमा बहस हुने गरेको खुलाएकी छन् ।

मिसेलले आफूले प्रजनन उपचार गरे पनि त्यो सफल हुन नसकेको भन्दै दुःखेसो गरेकी छन् । ‘र मलाई लाग्छ कि सबैभन्दा नराम्रो क्षण यो हो कि तपाईंले हरेक महिना त्यस्तो असफलता महशुस गर्नुहुन्छ’, उनले भनेकी छन्, ‘मलाई लाग्छ कि एउटा निश्चित विन्दुमा पुगेपछि तपाईंले आफूलाई दोष दिन छोड्नुहुन्छ । तपाईंको शरीरमा केही चिजहरु छन्, जसले काम गर्दैनन् ।’

६२ वर्षीया अभिनेत्रीले गत वर्ष ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स’का लागि ओस्कार अवार्ड जितेकी थिइन् । उनी ‘टुमरो नेभर डाइज’, ‘क्राउचिङ टाइगर’, ‘हिडन ड्रागन’ र ‘क्रेजी रिच एसियन्स’ जस्ता फिल्मका लागि पनि परिचित छिन् ।

योह र पोनले सन् १९८८ मा विवाह गरेका थिए । उनीहरुको वैवाहिक जीवन सन् १९९२ सम्म मात्र चलेको थियो । उनले सन्तान नहुनुलाई ‘इमान्दारितापूर्वक प्रयासको कमी नभएको’ बताइन् । 

उनले ६२ वर्षको उमेरमा आफूले बच्चा नजन्माए पनि भर्खरै नातिनातिना पाएको जनाएकी छन् । उनले गत वर्ष पुनर्विवाह गरिन् र उनको सौतेला छोरा र बुहारीले जनवरीमा बच्चा जन्माएका छन् । योहले फ्रेन्च मोटर रेसिङ एक्जिक्युटिभ जिन तोदसँग सन् २००४ मा इन्गेजमेन्ट गरेकी थिइन् । यो जोडीले सन् २०२३ मा विवाह गरेका थिए ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.