Connect with us

समसामयिक

पाँचथर बोलेरो दुर्घटना: ५ जनाको मृत्यु, ६ घाइते

Published

on

पाँचथरको कुम्मायक कार्तिकेस्थित तमोर नदी करिडोरमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पाँचथरबाट धरान आउँदै गरेको बोलेरो भिरबाट तमोर नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी ईश्वर कार्कीले दुर्घटनामा ५ जनाको मृत्यु भएको बताए । उनका अनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खस्दा थप ६जना घाइते भएका छन् ।

घाइते मध्य ५ जनालाई उपचारका लागि धरान झारिँदै छ । एक जनालाई फिदिम अस्पताल लगिएको डीआईजी कार्कीले बताए । मृतकहरूको पहिचान खुलेको छैन।

दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानअनुसार साँघुरो सडक ओरालो भएकाले नियन्त्रण गुम्दा बोलेरो खसेको अनुमान गरिएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.