Connect with us

समसामयिक

काठमाडौंका केही स्थानमा आज विद्युत कटौती हुने

Published

on

काठमाडौंका विभिन्न स्थानमा आज बिहान केही समयका लागि विद्युत् कटौति हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंका विभिन्न स्थानमा आज बिहान साढे १० बजेदेखि दिउँसो १२ बजेसम्म बिजुली कटौती हुने भएको हो।

बलम्बु सबस्टेशनको  थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने  प्राधिकरणले जनाएको छ।

काम निर्धारित समयअघि नै सकिएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली आउने  प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ। 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.