Connect with us

समसामयिक

यु–१९ वुमन्स एसिया कप क्रिकेटः नेपाल बंगलादेशसँग भिड्दै

Published

on

यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानलाइ हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाडनु परेको थियो  । 

हिजो भएको सुपर–४ मा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको थियो भने बंगलादेश पनि ४ अंकको हैसियतमा  आज नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । नेपालले अब सुपर–४ को अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.