Connect with us

समसामयिक

राष्ट्रपति पौडेल अस्पताल भर्ना

Published

on

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल आज शनिबार अपरान्ह महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका अस्पतालका कार्यकारी निर्देशक प्राडा। रत्नमणि गजुरेलले जानकारी दिए ।

उनलाई भर्ना गरेर स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेलको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थाको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.