Connect with us

अर्थ

प्रधानमन्त्री ओलीले बुझाए एमालेलाई मासिक २५ हजार लेबी

Published

on

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मासिक २५ हजारको दरले लेबी र ३ सयका दरले सदस्यता शुल्क बुझाएका छन् । जसवापत उनले एक वर्षको एकमुष्ट ३ लाख ३ हजार ६ सय रुपैयाँ केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा बुझाएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले थुप्रै नेता कार्यकर्ताहरुलाई साक्षी राखेका थिए । विगतमा एमालेबाट प्रधानमन्त्री बनेका माधवकुमार नेपाल, झलनाथ खनाल र ओली स्वयंले यसरी नै लेबी बुझाउने गरेका भए पनि यसपटक झैं सार्वजनिक तामझाम देखाउने गरेका थिएनन् ।

एमालेमा भूमिगतकालदेखि नै नेता, कार्यकर्ताहरुले प्रत्येक महीना लेबी बुझाउनु पर्ने विधानमै उल्लेख छ । जो वर्ष वा अधिवेशन अघि एकमुष्ट बुझाए पनि हुन्छ ।

लेबी बाहेक राजकीय वा लाभका पदमा बस्नेहरुले अतिरिक्त शुल्क बुझाउनु पर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार प्रधानमन्त्री भए वापत ओलीले मासिक २५ हजार शुल्क बुझाएका एमाले कार्याृलय सचिव भिष्म अधिकारी (विद्यावारिधि) ले बताएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.