Connect with us

समसामयिक

प्रधानमन्त्री ओलीले बुबाको हातबाट लगाए दशैको टीका

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट विजया दशमीको टीका लगाएका छन् ।

ओलीका बुबादशैमा छोरालाई टीका लगाइदिन केही दिनअघि काठमाडौं आएका हुन् ।

ओलीसँगै पत्नी राधिका शाक्यले पनि ससुराबुबाको हातबाट टीका लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसपटक प्रधानमन्त्रीले परिवारसँग मात्रै टीकाको कार्यक्रम राखेका हुन्। देशमा विपतका कारण हजारौं नागरिक पीडामा रहेको भन्दै उनले सर्वसाधारणलाई टीकाको कार्यक्रम नराखिएको बताएका हुन् । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.