Connect with us

विविध

रौतहटका शक्ति पीठहरुमा हजारौँ बोकाको बली, गत वर्षको तुलनामा वृद्धि 

Published

on

हिन्दूहरुको महान पर्व बडा दसैंको अवसरमा रौतहटस्थित शक्ति पीठहरुमा यस पटक हजारौँ बोकाको बली प्रदान गरिएको छ । गत वर्षको तुलनामा बलीको संख्यामा बृद्धि भएको देखिएको छ।

गत वर्षको तुलनामा यस वर्ष बलिको संख्या उलेख्य रूपमा वृद्धि भएको पाईएको छ । तराई मधेशमा हिन्दू परम्परा अनुसार बड़ा दशैंको नवमी तिथिको दिन देखि शक्ती पीठहरुमा बलिदिने गरिन्छ। जिल्लाको मुख्य शक्ती पीठहरु दुर्गा भगवती गाउँपालिका स्थित दुर्गा मन्दिर, राजदेवी नगरपालिका स्थित राजदेवी मन्दिर, चन्द्रपुर स्थित पौराई ब्रहमस्थान, कटहरिया स्थित बौधिमाई मन्दिर लगायतको स्थानमा बोकाको बली दिने परम्परा रहेको छ ।

सोही परम्परा अनुसार यस पटक दुर्गा मन्दिर मत्सरीमा ३ हजार भन्दा बढी बोकाको बली दिइएको पूजा समितिका अध्यक्ष बब्लु भन्ने अश्विनी कुमार झाले बताएका छन् । यस पटक बली दिइएको बोकाको संख्या गत वर्षको तुलनामा ६ सय ले वृद्धि भएको हो। गत वर्षको बडा दशैंमा उक्त मन्दिरमा मात्र २४ सय बोकाको बली चढेको अध्यक्ष झाले जानकारी दिएका छन्, त्यसैगरी राजदेवी मन्दिर, पौराई ब्रहमस्थान ,बौधिमाई मन्दिरमा सैयौं बोकाको बली दिइएको स्थानीयहरूले बताएका छन्। यसका साथै जिल्लको १८ पालिका स्थित रहेको सैयौं भगवती मन्दिर शक्ती पीठहरुमा बोकाको बली प्रदान गरिएको छ।

यस पटक महानवमी अर्थात हिजो शुक्रवार देखी बली सुरु भएको छ। मत्सरी दुर्गा मन्दिरमा मात्र महानवमीको बलि प्रदान गरिन्छ भने अन्य शक्ती पीठहरुमा पूर्णिमा सम्म बली दिने परम्परा रहेको कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।

आआफ्नो मनोकामना पूर्तिको लागि भक्तजनहरूले गरेको भाखल अनुसार भागवती मन्दिर लगायत शक्ती पिठाहरुम बोका, परेवा, कुखुरा को बली प्रदान गर्ने गर्दछन। हिन्दू धर्ममा परापूर्वकाल देखि शक्ती स्वरुपा माता भगवती लाई खुशी पार्न बिभिन्न जीवको बली दिइने परम्परा रही आएको छ।

यसका साथै बड़ा दशैंको अवसरमा जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया लगायत जिल्लाको प्रायः सबै पालिकाहरुमा माता दुर्गाको पूर्ति बनाएर बिशेष निष्ठाका साथ विधिवत रुपमा १० दिनसम्म ब्राहमण द्वारा मन्त्रोच्चारण सहित पूजा अर्चना गरिन्छ। बिभिन्न दाता द्वारा चन्दा संकलन गरी सार्वजनिक रूपमा बिशेष तरिकाले पण्डाल निर्माण गरी माता दुर्गाको पूजा गरिन्छ र दशमी पछी तिथी अनुसार मूर्तिलाई नदी, पोखरी, तलाउमा बिसर्जन गरिन्छ। माता दुर्गा भगवतीको १० दिनसम्म हुने पूजामा सहभागीहरु मध्ये अधिकांश भक्तजन फलाहार बस्ने गर्दछन भने उनको घर परिवारका मानिस पूजा अवधी भरी साहाकारी भोजन गर्ने गर्दछन्। यस पटकको दशैं अवधिमा जिल्लामा शान्ती सुरक्षाको उचित व्यवस्थापन हुँदा कहीँ कतै कुनै अप्रिय घटना नभएको स्थानीयहरूले बताएका छन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.