Connect with us

राजनीति

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा नालन्दा विश्वविद्यालयमा सम्बोधन र अवलोकन गर्ने

Published

on

ठिक एक महीनापछि भदौ ३१ गतेबाट तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा बिहारमा अवस्थित नालान्दा विश्वविद्यालयमा सम्बोधन र अवलोकन गर्ने तय भएको छ । भारत भ्रमणमा क्रममा प्रधानमन्त्री ओलीले बिहारस्थित ऐतिहासिक नालन्दा विश्वविद्यालयको अवलोकन गर्ने तय भएको हो ।

पवित्र तिर्थस्थल बोधगयामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्तापछि प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने निश्चित भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डललाई बोधगयामा राख्न हायात प्यालेसको पुरै होटल दुई दिनको लागि भारतीय विदेश मन्त्रालयले भारत सरकारको नाममा बुक गरिसकेको छ । प्रधानमन्त्री भएको १४ महीनापछि भारतले प्रधानमन्त्री ओलीलाई रेड कार्पेटमा स्वागत गर्दैछ ।

नालन्दा विश्वविद्यालय त्यही हो, जो ऐतिहासिक तथा शैक्षिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । उक्त विश्वविद्यालय संसारको प्राचीन विश्वविद्यालय हो । प्रधानमन्त्री ओलीको भ्रमणमा नेपाल–भारतबीचको सहकार्य, सांस्कृतिक सम्बन्ध, शैक्षिक पहललगायत विषयमा छलफल हुनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.