Connect with us

राजनीति

रवि लामिछानेलाई नख्खु कारागारमा ल्याइँदै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज नख्खु कारागार ल्याइने भएको छ । रूपन्देही कारागारमा रहेका रविलाई आज दिउँसो ३ बजे हवाईमार्ग हुँदै ल्याउन लागिएको हो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख राजेन्द्र भट्टले भने, “रवि लामिछानेलाई आज दिउँसो ३ बजे फ्लाइटबाट ललितपुरको नख्खु कारागार लैजाँदैछौँ ।”

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । रविलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरेको थियो । कारागार व्यवस्थापन विभागले निर्णय गरेर रुपन्देही कारागारमा जानकारी पठाइएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार जानकारी दिएका थिए । रविले नै नख्खु कारागार बस्न माग गरेका थिए ।

अँध्यारो कोठामा मानव अधिकारका न्यूनतम मापदण्ड पनि पालना नगरेर राखिएको दाबीसहितका समाचार बाहिरिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले साउन २६ मा रूपन्देही कारागारको अनुगमन गरेको थियो ।

आयोगको टोलीले रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको थियो । अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले अनुगमनका क्रममा बताएको थियो । गृह मन्त्रालयले हिजो मात्र रविलाई नख्खु कारागार ल्याउने निर्णय गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.