Connect with us

अन्तर्राष्ट्रिय

दिल्लीमा राहुल गान्धी पक्राउ

Published

on

भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई केही बेरअघि भारतीय प्रहरीले निर्वाचन आयोग परिसरबाट पक्राउ गरेको हो । सरकारले अपारदर्शी ढंगले मतदाता नामावली हेरफेर गरेको भन्दै आज विपक्षी दलका करिब तीन सय सांसदले लोकसभा भवनदेखि निर्वाचन आयोगसम्म जुलुस निकालेका थिए । सोही क्रममा हुलदंगाको आरोपमा गान्धी पक्राउ परेका हुन् ।

उनीसहित प्रियंका गान्धी, अखिलेश यादवलगायतलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, प्रदर्शनको क्रममा अखिल भारतीय तृणमूल कांग्रेसका सांसद मिताली बाग बेहोस भएर ढलेकी छन् । उनलाई उपचारार्थ अस्पताल लगिएको छ ।

अन्य सांसदहरुले भने ‘भोट बचाऔँ’ लेखिएको पम्प्लेटसहित प्रदर्शन गरिरहेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.