Connect with us

समसामयिक

सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम

Published

on

बबरमहलको मुख्य सडकमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम सुरु भएको छ । बुधबार दिउँसो विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम अघि बढाउँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो ।

विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्न ठाडो रुपमा खन्‍ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो । मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्टको पाइप गाडेको छ ।

विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री प्रदीप यादवको भनाइ छ । उनले बुधबार नै बबरमहल क्षेत्रको निरीक्षण गरेर मर्मत गर्न निर्देशन दिएका थिए ।  

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रोजेक्ट डाइरेक्टर टीका चौधरीले विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको बताए । उनका अनुसार करिब चार घण्टासम्म पानी बग्दा ४० लाख लिटर पानी खेर गएको छ र पाइप फुट्दा ४० लाखबराबर क्षति भएको छ । 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.