दार्चुलाको लेकम गाउँपालिका ४ गोदालीमा गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको मृत्यु भएको छ।
लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्यूँमा लागेर गम्भीर घाइते भएका अधिकृत ओझाको मृत्यु भएको हो।
उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताएका छन्। अधिकृत ओझाको निधनले लेकमको शिक्षा क्षेत्रमै क्षति पुगेको उनको भनाइ छ।