Connect with us

समसामयिक

प्रमुख प्रशासकीय अधिकृतहरुलाई पुनः सातदिने म्याद

Published

on


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएका कर्मचारीलाई रमाना दिन निर्देश गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, निकाय र सातै वटा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

मन्त्रालयबाट विभिन्न मितिमा भएको निर्णयअनुसार खटाइएका प्रमुख प्रशासकीय अधिकृतमध्ये केही कर्मचारी हालसम्म पनि हाजिर नभएको गुनासोपछि परिपत्र गरिएको जनाइएको छ ।

परिपत्रमा भनिएको छ, ‘केही स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नआएकोले स्थानीय तहको नियमित काम कारबाहीमा असर पर्नुका साथै प्राकृतिक विपत्तिका कारण सिर्जित अवस्थाको व्यवस्थापन गर्नसमेत कठिनाई भएको भनी विभिन्न स्थानीय तहबाट गुनासो प्राप्त हुन आएकोले तहाँ मन्त्रालय, आयोग, सचिवालय, कार्यालय वा अन्तर्गतका निकायहरुबाट सरुवा भएमा वा कामकाजमा खटाइएका कर्मचारीहरुलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र रमाना दिई पठाउने व्यवस्था हुन अनुरोध छ ।’

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.