आज बिहान करिब ५.२५ बजे चन्द्रागिरि नगरपालिका–११ स्थित सतुङगल चोकको एक कपडा पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ। आगलागी सतुङगल कम्प्लेक्समा विस्तार भएको छ ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाटजनशक्ति परिचालित गरिएको छ। प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षककै नेतृत्वमा प्रहरी परिचालन भएका छन्।
आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिका र काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाबाट १ १ वटा, जुद्ध वारुण यन्त्रबाट २ वटा र नेपाल आयल निगम थानकोट तथा नेपाली सेना विपद् गणबाट १र१ वटा गरी जम्मा ६ वटा दमकल प्रयोग गरिएको छ।
दमकल र सुरक्षा निकायको टोली आगो नियन्त्रणमा लिने प्रयासमा छ ।