Connect with us

समसामयिक

नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले गर्यो ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो

Published

on

सञ्जय मिश्रा 
भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीको कारण सर्लाहीका एक युवकले खुट्टा गुमाउनु परेको घटना प्रकाशमा आएको छ। 

नेपाली भूमिमा प्रवेश गरी एसएसबिका जवानले गरेको अन्धाधुन्ध लाठी प्रहारबाट सर्लाही बलरा नगरपालिका ३ का महेन्द्र रायको १८ बर्षिय छोरा गोलु राय यादवको खुट्टा गुमिएको पीडित परिवारले जनाएको छ।

गोलु राय यादव ३ दिन अघी गत ७ गते मंगलवार बिहान ११  बजे सिमावर्ती भारतीय बजार बसविट्टाबाट घरायसी सामान चामल, चिनी चामल लिएर विआर ३० टी ९५५३ नम्वरको मोटरसाईकलमा घर फर्किरहेका थिए। सोही क्रममा सीमामा तैनाथ एसएसबीका जवानरुले सामान चेकजाँच गर्न मोटरसाईकल रोक्न खोज्दा तिव्र गतिको कारण नरोकिए पछि जवानहरुले अन्धाधुन्ध उनको खुट्टा माथि लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

एसएसबीले उनलाई लखेदै नेपाली भुमिमा प्रवेश गर्दा गोलु मोटरसाइकलसहित लडेका थिए । लडेर खुट्टा भाँचिएको अवस्थामा पनि एसएसबिले लठी बर्साई रहँदा स्थानीयले होहल्ला गरे पछी एसएसबीका जवानहरु त्यहाँबाट भारतीय भुमितर्फ भागेको पीडितले बताएका छन्। गम्भीर प्रकृतिले खुट्टा भाँचिएका गोलुलाई तत्काल एम्बुलेन्सबाट उपचारको लागि बिरगंज लैजाँदा त्यहाँ उपचार सम्भव नभएको भन्दै डाक्टरले ललितपुरस्थित वि एण्ड वि अस्पतालमा पठाएको छ । 

वि एण्ड विमा डाक्टरले चेकजाँच गर्दा खुट्टाको भास्कुलर नसा च्यापिएर गम्भीरअवस्थामा रहेकाले दाहिने खुट्टा काटिएको पीडित महेन्द्रराय यादवले दुःखेसो पोखेका छन्। हाल पनि गोलुको वी एण्ड वि अस्पतालमा उपचार भैरहेको उनले जानकारी दिएका छन्।उनले घटनाको दोषि एसएसबिका जवानहरू लाई कार्वाहीको दायरामा ल्याउनु पर्ने पीडित परिवारले माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले घटनाको पुष्टी गरेका छन्। घटनाबारे मौखिक जानकारी आएको छ तर औपचारिक रूपमा कतैबाट लिखित नआएको तथा थप अनुसन्धान भइरहेको डिएसपि राईले जानकारी दिएका छन्। 

उता एसएसबिको ७१ औं बटालियनका भ्वाईस कमान्डेन्ट विश्वजित तिवारीले न्युज कारखानासँग कुरा गर्दै बसबिटा बजारबाट सामान लिएर फर्किरहेको नेपाली युवक चढेको मोटरसाईकल दशगज्जा क्षेत्रमा दुर्घटनामा भएर खुट्टा भाँचिएको जानकारी आएको बताएका छन्। उनले उक्त घटना एसएसबीका २० औं बटालियन खटिएको क्षेत्रमा भएको हो, जवानहरुको ज्यादती हो होईन त्यसबारे अफिसरसँग सोधबुझ तथा अनुसन्धान भईरहेको जानकारी दिए ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.