Connect with us

समसामयिक

ओलीलाई पक्राउ गर्न खोजिदैँ आधार, सुदन पुगे बालुवाटार

Published

on

‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुदन गुरुङ र जेन(जी अभियन्ता ओजस्वी थापाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । प्रधानमन्त्री भेट्न उनीहरु आज बिहानै बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुले करिब सवा एक घण्टा गोप्य छलफल गरेको बताइएको छ । सवा १० बजे बालुवाटार पुगेका गुरुङ र थापा साढे ११ बजे त्यहाँबाट निस्किएका थिए ।

जेन(जी समूहले हिजोदेखि भदौ २३ र २४ गतेको प्रदर्शमा गोली चलाउन आदेश दिएको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारलाई दबाब दिँदै ुएरेस्ट केपी ओलीु अभियान चलाएको छ । गुरुङसहितका युवाहरु हिजो साँझ ओली र लेखकविरुद्ध जाहेरी लिएर काठमाडौँ प्रहरी परिसरसमेत पुगेका थिए ।

तर, प्रहरीले निवेदन दर्ता गर्न नमानेपछि चिढिएका उनलाई खुसि तुल्याउन बालुवाटारबाट बोलावट भएको बताइन्छ । आजको छलफलमा पनि गुरुङले ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेको जानकार स्रोत बताउँछ ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो गृहमन्त्री ओमप्रकाश अर्यालसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर यसबारे छलफल गरेकी थिइन् । त्यसक्रममा ुओलीलाई पक्राउ गर्न मिल्ने कानुनी आधार खोज्नेु बारे कुरा चलेको स्रोतको दाबी छ ।
जनआस्था

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.