Connect with us

समसामयिक

लागूऔषधसहित विमानस्थलमा थाइ महिला पक्राउ 

Published

on

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक प्रकाउ परेकी छिन् ।

२७ वर्षीया कोंकवान पुङस्वान मंगलबार दिउँसो पक्राउ परेकी हुन । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएकाे छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.