नेपाल कृषि प्रधान देश भनिए पनि यहाँ किसानहरुको समस्या भनेकै मल हो । किसानहरुको समस्यालाई मध्यनजर गर्दै सिद्धार्थ अग्रवाल परिवारले रुपन्देहीमा अर्गानिक मल उद्योग संचालनमा ल्याएको छ ।
बिहिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै ‘रत्नम दानेदार अर्गानिक मल’ उत्पादन गरेर बजारमा ल्याएको उद्योगी सिद्धार्थ अग्रवालले जानकरी गराएका हुन्। रोहिणी गाउंपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा.लि उद्योग संचालन गरेर सिद्धार्थ अग्रवालले मल उत्पादन गरि बजारमा ल्याएका हुन्। यस मलमा प्राङ्गारीक मल नहालेको तथा अरु प्राङ्गारीक मलहरु भन्दा फरक तरिकाले बनाएको र मल अर्गानिक भएको उद्योगी अग्रवालको भनाइ छ ।
‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयाँ रहेको पनि अग्रवालले बताए । नेपाल सरकारबाट बिक्री बितरणको लागि अनुमति पाएपछि आफ्नै पालिकाहरुबाट मल बितरण गर्दै आएको र मलको उपयोग नतिजा राम्रो रिजल्ट आएको अग्रवालको भनाइ छ । ‘त्यसपछि हामी व्यवसायिक रुपमा रुपमा अगाडि बढ्यौ’, उनले भने ।
ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिका निर्देशक पुनम अग्रवालको भनाइ छ, ‘हाम्रो आफ्नै एउटै ब्रान्ड छ रत्नम, जसले १०० प्रतिशत फर्टिर्लाइजर हो भनेर ठोकुवा गर्न सक्छ ।’
पत्रकार सम्मेलनमा नेपालसंगै भारतमा समेत यो मल निर्यात हुन थालेको र हाल बाग्मती, गण्डकी र मधेश प्रदेशमा मलको माग आईरहेको उद्योगी अग्रवालले बताए । उनका अनुसार उद्योगमा ४० जना स्थानीय युवाहरुले रोजगार पाएका छन् ।