Connect with us

अर्थ

मितेरी सहकारीका अध्यक्ष छुटे ३५ लाख धरौटीमा

Published

on

कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको ललितपुरको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा छुटेका छन् । सिआइबीले अध्यक्ष गुरुङलाई एक महिनाअघि मात्रै फरार प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । उनी अस्ति बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकामा हिजो बिहीबारको आदेशअनुसार ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

सिआइबीले सो सहकारीमा १४ करोड २९ लाख रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको थियो । सहकारीकी पूर्वव्यवस्थापक ज्योति गुरुङले संस्थाको पैसा मिटरब्याज तथा क्रिप्टोमा लगानी गरेर डुबाएकी थिइन् । ज्योति हाल फरार छिन् । उनी कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी हुन् ।

ठगीबाट जोगिन धनराजले ज्योतिसँग कागजी रूपमा मात्र सम्बन्धविच्छेद गरेको आरोप लाग्दै आएको छ । सहकारीको रकम आफूले तिर्ने भनेर धनराजले समेत सहकारीको बैठकमा पटकपटक प्रतिबद्धता जनाएका थिए । अनुसन्धानको क्रममा धनराजले पनि सहकारीबाट गैरकानुनी रूपमा पैसा निकालेको खुलेको थियो । तर, उनलाई सत्ताको आडमा जोगाएको भन्दै प्रहरीकै आलोचना भएको छ ।

सोही सहकारीको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ज्योति भण्डारी र सुवास खत्री भने कारागार चलान भएका छन् । उनीहरूले ज्योति गुरुङमार्फत सहकारीको पैसा हिनामिना गरेका थिए ।

सहकारी ठगीमा प्रत्यक्ष रूपमा संलग्न धेरै सञ्चालक धरौटीमा छुट्दै आएकामा मितेरीका अध्यक्ष पनि छुट्नुलाई सत्तानिकट व्यक्ति मुछिएका मुद्दा कमजोर बनाउन खोजिएको आशंका गरिएको छ । बुधबार मात्र राप्रपा सांसद गीता बस्नेत १५ लाख धरौटीमा छुटेकी थिइन् । उनी पूर्वी नवलपरासीको छिपछिपे सहकारी चितवनको सनराइज सहकारीको ठगीकी आरोपी हुन् ।
नयाँ पत्रिका

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.