२ अर्ब ५० करोड भन्दा धेरै रकम हिनामिना गरी फरार रहेका कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ठग रायलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट पक्राउ गरेको हो।
सल्यान जन्मथलो भएका राय बाँकेको नेपालगन्ज महानगरपालिका वडा नम्बर २० मा बस्दै आएका थिए। कर्णाली विकास बैंकका मुख्य कार्यालय पनि नेपालगञ्जमै थियो ।
हिजो (शनिबार) पक्राउ परेका रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको असुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान व्युरो प्रवक्तासमेत रहेका डीएसपी युवराज खड्काले बताएका छन् ।