Connect with us

अर्थ

फेदीखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, १७ करोड ५० लाखको सर्वसाधारण शेयर निस्कासन गर्ने

Published

on

फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछि कम्पनीको पहिलो साधारणसभामा हिजो साउन ३० गते शुक्रबार डिडिआई बैक्वेट बुद्धनगरमा सम्पन्न भएको छ । साधारणसभामा कम्पनीले भोजपुरको साल्पासिलिछो गा.पा. वडा नं ६ मा बहने फेदीखोलामा (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मे.वा. वि.सं. २०८२ पौष अन्तिम सम्ममा सम्पन्न गर्ने जानकारी दिएको छ ।

साधारणसभामा आयोजनाको निर्माण सम्पन्न गर्न रु. ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल श्रावण १५ गतेको बाढीको कारणले ४ करोड लागत वृद्धी भई ९८ करोड लाग्ने र जसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात ५० करोड राष्टिय बाणिज्य बैक लि. बाट ऋण स्वरुप जुटाईएको कम्पनीले जानकारी दिएको छ ।

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थप गरी ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणका लागि शेयर निस्कासन गर्ने निर्णय गर्दै कार्यान्वयनका लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।

यसैगरी साधारणसभाले वन्डर्स ईनर्जी प्रा. लि. (खिम्ती घ्वाङ्ग खोला ज.वि.आ. ९ मे.वा.) मा रु. ५ करोड लगानी गर्ने प्रतिवद्धता सहित १ करोड र इस्र्टन ईनर्जी प्रा. लि. (ईर्खुवा खोला ज.वि.आ. १५ मे.वा.) मा रु. १५ करोड लगानी गर्ने प्रतिवद्धता सहित २ करोड ५० लाख गरेको लगानी पारित गरेको छ । कम्पनीको मुख्य लगानीमा वि.सं. २०९० साल भित्र कम्तीमा १०० मे.वा. क्षमताको आयोजना अगाडी बढाउने निर्णय समेत गरेको छ ।

कम्पनीको नियमावली कम्पनीमा ५ जना सञ्चालकहरू रहनेमा अगामी कार्यकाल ४ वर्षको लागि संस्थापक (क) समूह बाट ३ जना चन्द्र प्रसाद वास्तोला, प्रकाश चन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको कम्पनीले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.