Connect with us

राजनीति

प्रतिनिधिसभा बैठक आज पनि स्थगित

Published

on

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार अर्को बैठक पर्सी आइतबार दिउँसो १ बजे डाकिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् । बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।

आजै मात्र विपक्षीहरुले गृहमन्त्री लेखकले राजीनामा नदिएपनि छानबिनका लागि समिति बनाउने प्रतिवद्धता सरकारबाट आउनु पर्ने माग राखेका थिए । सरकार त्यसमा समेत लचक नभएपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.