संघीय संंसदका प्रतिपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने निर्णय गरेको छ।
आज शुक्रबार दिउँसो बानेश्वरस्थित संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको हो ।
‘गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै राख्ने निर्णय आजको बैठकले गरेको छ,’ बैठकमा सहभागी नेताहरुले भनेका छन्, ‘कांग्रेससहितका सबै दलसँग छलफल गर्ने सहमति समेत भएको छ।’