हिजो साँझ मकवानपुरको भीमफेदीमा भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउने छ जनामध्ये चार जनाको ढिलो गरी परिचय खुलेको छ । हिजो साँझ मकवानपुरको भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा ना१ज १७७८ नम्बरको सुमो दुर्घटना हुँदा छ जनाको मृत्यु तीन जना घाइते भएका थिए ।
प्रहरीका अनुसार यस्तो छ, मृतकहरुको परिचय
१. भारत, बिहार राज्य, पटना बस्ने रजनिश कुमार, ४२
२. मकवानपुर, हेटौँडा–४ कमलडाँडाकी सबिता लम्साल, ४०
३. हेटौडा–२, कान्तिराजपथका निखिल अग्रवाल, २९
४. भारत, बिहार राज्य बेगुसराईका अरबिन्द कुमार, ५०
५. नाम थर वतन नखुलेको पुरुष, वर्ष करिब ३६
६. नाम थर वतन नखुलेको पुरुष, वषृ करिब ४०
उपचारका लागि चितवन पुर्याइएकाहरुः
सुमो चालक, मकवानपुर, हेटौँडा–४ कर्रा चोक बस्ने गणेश थापा, ४५ । शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर भएपछि गएराति राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ ।
हेटौँडा–४ कमलडाँडा बस्ने सबिता लम्सालकी १२ वर्षीया छोरा अभ्यास लम्सालको पनि अवस्था गम्भीर भएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ ।
रौतहट, चन्द्रपुर–२ की २१ वर्षीया रिचा चौधरी टाउको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।