Connect with us

अर्थ

एक खर्ब नाघ्यो एमसिसी परियोजनाः अमेरिकाले थप्यो सात अर्ब अनुदान

Published

on

प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका लागि संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सात अर्ब रुपियाँ (पाँच करोड अमेरिकी डलर) थप अनुदान दिने भएको छ । यससँगै नेपालमा कार्यान्वयन हुने एमसिसी परियोजनाको आकार एक खर्ब छ अर्ब रुपियाँ (७४ करोड ७० लाख डलर) को हुने भएको छ ।

यसअघि एमसिसी कार्यान्वयनका लागि भएको सम्झौतामा अमेरिकाले ५० करोड डलर अनुदान उपलब्ध गराउने घोषणा गरिएको थियो । थप अनुदान रकमसँगै अमेरिकाले नेपाललाई कुल ५५ करोड डलर उपलब्ध गराउने घोषणा गरेको हो । बाँकी १९ करोड ७० लाख डलर नेपाल सरकारले बेहोर्ने सम्झौतामा उल्लेख छ । अमेरिकाले उपलब्ध गराउने थप अनुदानले विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै बजार पहुँचमा सुधार गरी सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पु¥याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी असल अभ्यासलाई प्रवर्धन गर्ने एमसिसीले जनाएको छ । “उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरको विस्तार पनि गर्छ,” नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

यो आर्थिक सहयोगले अमेरिका र नेपालबिच रहेको साझेदारीलाई प्रतिविम्बित गर्ने पनि सूचनामा उल्लेख गरिएको छ । एमसिसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत निरन्तरता दिएको पनि जनाइएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.