Connect with us

राजनीति

प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

Published

on

प्रतिनिधिसभा बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ  । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसके पछि सहमतिका आधारमा दिउँसो २ बजे बस्ने भनिएको थियो । तर, यो समयमा पनि बैठक बस्न नसके पछि भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर भोली बिहान ११ः०० सम्म स्थगित गरिएको हो । 

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक हिजोवाट स्थगित भएको बैठक अझै सुचारू हुन नसकिरहेको बेला समय ३ घन्टा पछि सरेको थियो ।

बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि हल निस्कन नसक्दा बैठक २ दिन देखी सञ्चालन हुन सकेको छैन् ।

प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने हिजै बताइसकेका छन् ।

तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसदमा गएर जवाफ दिनु पर्ने राखिरहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.