Connect with us

समसामयिक

तीनवटा संसदीय समितिका बैठक बस्दै

Published

on

संघीय संसदका तीन समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सिंहदरवारस्थित कार्यालयमा तीनै समितिको बैठक बस्न लागेको हाहे । 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः०० बजे बोलाइएको छ, जुन बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने अजेन्डा तय गरिएको छ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पुरानै अजेन्डा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा लामो समय देखी छलफल भइआएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.