संघीय संसदका दुइ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती दुबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार पूर्वाधार विकास समिति बैठक बिहान ९ः०० बजेवाट सुरू हुदैछ । जुन बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।
उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ । जुन बैठक बिहान ८ः०० बजे बोलाइएको छ ।