परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेट्मा उनीहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
उक्त अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालको परराष्ट्र मन्त्री नियुक्त भएकोमा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेका थिए ।