Connect with us

अर्थ

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि बिदामा, नयाँ नियुक्ति प्रक्रिया के हुँदैछ ?

Published

on

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि बिदामा बस्दैछन् । अनिवार्य अवकासअघि अधिकारी बिदामा बस्न लागेका हुन् ।

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारी आजदेखि २० दिने बिदामा बसेका हुन् । अधिकारी बिदामा बस्ने भएपछि कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ ।

वि.सं. २०७६ चैत २४ गते अधिकारी ५ वर्षका लागि गभर्नर नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल यही चैत्र २४ गते सकिँदैछ । कार्यकाल समाप्त हुनु एक महिना अगाडि बिदा बस्न पाउने सामान्य चलन छ । तर, गभर्नर अधिकारी भने २० दिन मात्रै बिदामा बसेका छन् ।

सरकारले नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया थालिसकेको छ । केही साता अघि नै मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न अर्थ मन्त्रालयकालाई स्वीकृति दिइसकेको छ ।

गभर्नर नियुक्ति गर्न अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति बन्ने व्यवस्था छ । सोहीअनुसार अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको छ । तर, सिफारिस समितिमा थप दुई सदस्य नियुक्ति गरिएको चर्चा चलेपनि यसबारे आधिकारिक निर्णय भने बाहिर आइसकेको छैन ।

नयाँ गभर्नरका लागि करिब एक दर्जन आकांक्षीहरुले दौडधूप गरिरहेका छन् । पत्रकारदेखि, बैंकर, पूर्व अर्थ सचिव, डेपुटी गभर्नरसम्म गभर्नर बन्ने दौडमा छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.