Connect with us

अन्तर्राष्ट्रिय

बालेन सरकार बनेपछि पहिलो उच्चस्तरीय भ्रमणमा आउँदै अमेरिकी सहायक विदेशमन्त्री

Published

on

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका निम्ति पर्सी सोमबार (वैशाख ७) काठमाडौं आउँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन् । कपुरको यो भ्रमणले भारत र चीनलेभन्दा अमेरिकाले नेपाललाई उच्च प्राथमिकतामा राखेको प्रष्टिन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्री कपुरले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भने कुन दिन कति बेला भेट्ने भन्ने टुंगो लागिसकेको छैन । वैशाख ९ गते उनी स्वदेश फर्कने भ्रमणतालिका छ ।

कतिपय विष्लेषकहरुको रास्वपा सरकार नै अमेरिकी गुरुयोजनामा बनेको विष्लेषण गरिरहेका बेला त्यहीँका विदेश सहायक मन्त्रीको पहिलो नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.