Connect with us

राजनीति

गंगानारायण श्रेष्ठ समूहका १६ जना बने नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य

Published

on

पूर्वप्रधानमन्त्री बाबुराम भट्राई (विद्यावारिधि) हुँदै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बाट विभाजित भएर माओवादी केन्द्रसँग एकता गरेका गंगानारायण श्रेष्ठ समूहबाट १६ जना केन्द्रीय सदस्य बनेका छन् । जसमध्ये धेरै जसो पहिले पनि माओवादीमै थिए ।

गत शुक्रबार अर्थात १६ जेठमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई सचिव र अन्य १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो । यसबाहेक थप २० जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय भएको थियो ।

पदाधिकारी बैठकको निर्णय अनुसार १४ जना केन्द्रीय सदस्य र २ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भइसकेका छन् । बाँकी १८ जना बेकल्पिक केन्द्रीय सदस्यबारे भने छिट्टै निर्णय हुने श्रेष्ठको भनाइ छ ।

श्रेष्ठ समूह र माओवादी केन्द्रबीच यही १२ गते एकता भएको थियो । १० वर्षपछि उनी नेतृत्वको समूहमा माओवादी फर्किएको थियो ।
यी हुन् श्रेष्ठ समूहका न्द्रीय सदस्यहरू –

१. बन्दना सुवेदी (सिन्धुली)

२. सुरद बहादुर स्याङ्तान (सिन्धुली)

३. अक्कल बहादुर थिङ (काभ्रे)

४. राजेन्द्र कुमार किराती (संखुवासभा)

५. खुम्बराज खत्री (उदयपुर)

६. दुर्गादेवी न्यौपाने भट्टराई (गोरखा)

७. ज्ञानेन्द्र कुमाल (गोरखा)

८. रमेश पोखरेल (गोरखा)

९. शिव सुन्दर शाही (अछामं)

१०. रामकैलाश यादव (सर्लाही)

११. वेदप्रसाद आचार्य (बाँके)

१२. नरेन्द्रनाथ योगी (जुम्ला)

१३. महेन्द्र बहादुर शाही (बाजुरा)

१४. सोविन थिङ (मकवानपुर)

१५० होम कुमारी दोङ (काभ्रे) वैकल्पिक केन्द्रीय सदस्य

१६. नहेन्द्र प्रधान (दोलखा) वैकल्पिक केन्द्रीय सदस्य

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.