Connect with us

अन्तर्राष्ट्रिय

इजरायली नाकाबन्दीबाट ३५ सय बालबालिकामा कुपोषणले मृत्युको मुखमा

Published

on

हमास इजरायल युद्दको सबैभन्दा ठुलो असर बालबालिकालाई परेको छ । गाजामा पाँच वर्ष मुनिका ३,५०० भन्दा बढी बालबालिका भोकमरीले आसन्न मृत्युको सामना गरिरहेका छन् ।

गाजाको सरकारी मिडिया कार्यालय (जीएमओ) का अनुसार दुई महिनाभन्दा बढी इजरायली नाकाबन्दीको बीचमा गम्भीर कुपोषणका कारण करिब ७० हजार  बालबालिका अस्पतालमा भर्ना हुन पुगेका छन ।

‘यस व्यवस्थित नाकाबन्दी अन्तर्गत पाँच वर्ष मुनिका ३५ सय भन्दा बढी बालबालिकाले भोकमरीले मृत्युको सामना गरिरहेका छन जबकी लगभग ७० हजार बालबालिका कुपोषणका शिकार भएर मृत्युको छेउमा छन्,’ जिएमओले टेलिग्राममा जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

‘दैनिक ११ लाख बालबालिकालाई बाँच्नको लागि न्यूनतम पोषणको अभाव भएको बेला यो  ‘इजरायली’ले भोकमरीलाई हतियारको रूपमा प्रयोग गरिरहेको छ, जो लज्जास्पद अन्तर्राष्ट्रिय घटना हो’ उसले अगाडी भन्यो ।

उसका अनुसार कम्तिमा ५७ प्यालेस्टाइनी बालबालिका भोकले मरिसकेका छन् । तर यसले इजरायललाई २.३ मिलियन प्यालेस्टाइनीलाइ आएको राहात सहायता प्रवेश गर्न अनुमति नदिएर थप संकटमा पारेको छ ।

सहायता एजेन्सीहरूले पनि खाद्यान्न र आपूर्तिको अभावले क्षेत्रलाई भोकमरीमा पुर्‍याएको जनाएका छन् । कुपोषणको उपचार र रोकथामका लागि आएका आपूर्तिका समानहरू घट्दै गएका छन् र त्यो अब केही समयमा सकिन लागेको गाजा सरकारले जनाएको छ।

बजारमा अझै पनि उपलब्ध थोरै खाद्यान्नको मूल्य गाजामा धेरैका लागि अप्ठ्यारो छ, जहाँ संयुक्त राष्ट्र संघले डण् प्रतिशत भन्दा बढी जनसंख्या सहायतामा निर्भर रहेको बताउँछ।

अहिले पनि सहायता समूह र अधिकार अभियानकर्ताहरूले इजरायलले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। तर, इजरायलले इजरायलले आफ्नो पक्षमा युद्द पार्नका लागि हमासलाई दोष देखाइरहेको छ । उसले अझै पनि इजरायली बन्दीहरूलाई रिहा गर्नका लागि सहायता ट्रक रोकेर नाकाबन्दी गरिरहेको छ । उसका अनुसार गाजामा रहेका ५९ बन्दीमध्ये अझै पनि २४ जना जीवित रहेको इजरायलको तर्क रहदैँ आएको छ।

गाजामा इजरायलको युद्धमा कम्तिमा ५२ हजार ४९२ प्यालेस्टिनी मारि सकेका छन भने १ लाख १८ हजार ३६६ गम्भिर घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जीएमओले भने यसरी मारिनको संख्या ६१ हजार ७०० भन्दा बढी रहेको दावी गरिएको छ किनभने गाजाको भग्नावशेष मुनि अझै पनि हराएका हजारौं मानिसहरूको मृत्यु भइसकेको उसको अनुमान छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.