Connect with us

समसामयिक

सात महिना पछि एन्फाको केन्द्रिय कार्य समितिको बैठक, १६ अजेन्डामा छलफल हुँदै

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बस्दैछ ।

एन्फा महासचिव किरण राईका अनुसार दिउँसो ३ बजे  एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डामा छलफल हुदैँछ  ।


बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

पछिल्लो पटक एन्फा कार्यसमिति बैठक गत भदौमा बसेको थियो । गत १० माघमै आठ केन्द्रिय कार्यसमिति सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । जाे अहिले बाेलाइएकाे हाे । 

यस्ता छन् बैठकका एजेन्डा

१.नियमित साधारण सभा सम्बन्धमा

२. आ।व २०८१/०८२  वार्षिक कार्यक्रम तथा बजेट बारे  

३.२०८०/८१ लेखा परीक्षण प्रतिवेदन बारे

४.२०८१/०८२ को लेखा परीक्षकको नियुक्ति बारे

५. मिडिया मार्केटिङको एजेन्सी नियुक्ती बारे

६. पदपूर्ति समितिले गरेको निर्णय अनुमोदन गर्ने बारे

७. फिफा बजेटबाट सञ्चालन हुने ग्रासरुट कार्यक्रमका लागि खेल सामाग्रीहरु खरिद गर्ने बारे

८. संघको आर्थिक नियमावली तथा आर्थिक कार्यविधिमा भएको त्रुटी सच्चाउने बारे

९. संघलाई वार्षिक प्रतियोगिताहरुमा आवश्यक पर्ने होटलहरुको सूचिकृत बारे

१०. सेलवेज क्यास तथा क्यारी प्रालिको हिसाव फछ्यौट बारे

११. महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी बारे

१२. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन सम्बन्धमा

१३. एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा

१४. खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण सम्बन्धमा

१५. निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति बारे

१६. विविध ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.