Connect with us

अन्तर्राष्ट्रिय

इटालीमा गाउँमा बस्नेलाइ दिइँदैछ १ करोड ४८ लाख निःशूल्क अनुदान

Published

on

इटाली सधैं आफ्नो ऐतिहासिक सम्पदा, सुन्दर समुद्र तट र भव्य संस्कृतिको लागी परिचित छ। अब, यदि तपाई इटालीमा बस्ने सपना देख्दै हुनुहुन्छ भने यो खबर तपाईको लागि विशेष हुन सक्छ ।

इटालीको एउटा सानो गाउँमा विदेशीलाई त्यहाँ बसोबास गर्नका लागि नयाँ योजनाअन्तर्गत १ लाख युरो अर्थात १ करोड ४८ लाख लाख नेपाली रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । तर, यस आकर्षक अफरमा केही रोचक सर्तहरू संलग्न गरिएको छ ।

वास्तवमा, यसका गाउँहरूको जनसंख्यामा आएको गिरावटलाई ध्यानमा राख्दै उत्तरी इटालीको ट्रेन्टिनो क्षेत्रले मानिसहरूलाई यहाँ बस्नको लागि आकर्षक प्रस्ताव राखेको हो । यो प्रस्ताव अन्तर्गत १ करोड ४८ लाख अर्थात १ लाख युरोसम्म अनुदान दिइने भए पनि त्यसमा केही शर्तहरु जोडिएको छ ।

यस योजना अन्तर्गत सम्पत्ति पुनर्स्थापनाका लागि ८० हजार यूरो र सम्पत्ति खरिदमा २० हजार सहयोग दिइनेछ। तर यो अनुदान तब मात्र उपलब्ध हुनेछ, जब तपाईं यस क्षेत्रमा १० वर्षसम्म बस्न तयार हुन्छ वा त्यहाँको सम्पत्ति भाडामा लगाउन तयार हुनुहुन्छ भने यो अनुदान पाइनेछ ।

यस प्रस्तावमा चाखलाग्दो कुरा यो छ कि इटालीका बासिन्दा वा विदेशमा बस्ने इटालियनहरूले मात्र यो योजनाको फाइदा लिन सक्नेछन्। यी सर्तहरू पूरा नभएमा अनुदान फिर्ता गर्नु पर्नेछ, सर्त अनुसार १० बर्ष नबसेमा अनुदान खोसिनेछ । 

यो पहल अब लोप हुने अवस्थामा रहेका ३३ वटा गाउँमा लागू गरिएको छ । ट्रेन्टोका अध्यक्ष मौरिजियो फुगातीका अनुसार यस पहलको मुख्य उद्देश्य स्थानीय समुदायलाई पुनरुत्थान गर्नु र क्षेत्रीय एकतालाई प्रवर्द्धन गर्नु हो।

इटालीमा यस्तो योजना आएको यो पहिलो पटक भने होइन। यसअघि अब्रुजो क्षेत्रको पेन्ने सहरले पनि यहाँ मानिस आएर बसोबास गर्न सस्तोमा खाली घर बिक्री गर्ने घोषणा गरेको थियो ।

तपाईलाई भनौं कि इटालीले हाल जनसंख्या घट्ने गम्भीर समस्याको सामना गरिरहेको छ, जुन सम्भवतः युरोपमा सबैभन्दा ठूलो चुनौती बनिरहेकोको छ, जसमा इटाली सबैभन्दा बढी प्रताडित रहेको छ । स्कोप रेटिंग्सले चेतावनी दिएको छ कि इटालीको काम गर्ने उमेरको जनसंख्या २०४० सम्म लगभग १९ प्रतिशतले घट्न सक्छ । सन २०४० सम्ममा अन्य युरोपेली देशहरू जस्तै जर्मनीमा १४ प्रतिशत र फ्रान्स २ प्रतिशत भन्दा धेरै जनसंख्या घटने आंकलन गरिएको छ । जसका कारण युरोपेली देशहरूले जनसंख्या बृद्दीका लागि नयाँ नयाँ योजना प्रस्तुत गरिरहेका छन् । 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.