मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले पदभार ग्रहण गरेका छन् ।
मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर गुरागाईंले पदभार ग्रहण गरेका हुन् ।
गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी केही लाग्न सकेन र उनी साढे तीन महिना पछि जिम्मेवारीमा फर्किएका हुन् ।
काठमाडौं महानगरमा यसअघि झन्डै पाँच महिना देखी रोकिएको तलब शुक्रबार देखी नै निकासा हुने उनले जानकारी दिएका छन् ।